काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ । सभापति रवि लामिछानेले सांसदहरूका पछिल्ला अन्तर्वार्ताहरु विवादमा आइरहेको भन्दै सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा नबोल्न निर्देशन दिएका हुन् ।
अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो । मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको यो दलका २० सांसद रहेका छन् ।
रास्वपाभित्र कस्तो पार्टी बनाउने, विचार के हुने, सिद्धान्त र संगठन कस्तो हुने भन्ने अहिलेसम्म स्पष्ट खुलिसकेको छैन ।
प्रतिक्रिया