काठमाडौँ – नेकपा एमालेले राजधानीमा ‘एमाले जनताको रोजाइमा पहिलो पार्टी’ विशेष कार्यक्रम गर्ने भएको छ । चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको भन्दै एमालेले आगामी पुस ५ गते विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्ने छन् । कार्यक्रमलाई एमालेले विजय, बधाई र उत्सवका रूपमा मनाउने भएको छ ।
गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन् ।
प्रतिक्रिया