काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामति ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताएका छन् ।
बुधबार संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो ।
उनले संघीय संसद सचिवालयका कर्मचारीहरुले आफूलाई संघीय संसद सचिावलयमा नै कैद गरियो भन्ने जस्ता भ्रम प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । उनले प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसदको प्रतिभामा आँच आउने काम नगर्न आग्रह गरे ।
अध्यक्ष तिमिल्सिनाले संघीय निजामति ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामति ऐन प्रभावकारी बन्न नसक्ने बताए । उनले निजामति सेवा ऐन राजनीतिक दलहरु र मन्त्रीहरुले मात्रै नरोकेको बताए । उनले निजामति सेवा ऐन सेवा ऐन भित्रका विशिष्ट अधिकृतहरुका आफ्ना खालका स्वार्थहरुका कारण निजामति सेवा ऐन रोकिएको बताए । उनले विशिष्ट अधिकृतहरुका उमेरहद बढाउने लगायतका चाहनाका कारण निजामति सेवा ऐन रोकिएको बताए ।
अध्यक्ष तिमिल्सिनाले सबैका लागि सेवा प्रभावकारी बनाउने कुरामा कर्मचारीहरुले ध्यान दिन जरुरी रहेको पनि बताए ।
प्रतिक्रिया