काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । युवराज सफल र एकजना अर्का व्यक्तिले रविविरुद्ध मुद्दा पेस गरेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
उनीहरूले रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन र सांसद पद खारेज गर्न माग गरेका छन् । रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ ।
संवैधानिक इजलासमा पुस ६ गतेका लागि पेसी तोकिएको छ ।
प्रतिक्रिया