देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सापकोटाले पोर्चुगलबाट गरे पीएचडी

देशान्तर

काठमाडौं ।निरञ्जन सापकोटाले विदेशमा बसेर आम सञ्चारमा विद्यावारिधि गरेका छन् ।

काभ्रेका सापकोटाले युरोपको पोर्चुगलस्थित युनिभर्सिटी अफ मिन्यो ब्रागाको सञ्चार विज्ञान संकायबाट ‘आम सञ्चारका लागि नेपाली मूल धारका छापामा दलित र जनजातिका सबाल’ को पत्रकारितामा विद्यावारिधि (पीएचडी) गरेका हुन् ।

काभ्रेको र्‍यालेमा जन्मिएर बनेपामा बसोबास गर्दै आएका सापकोटा विगत पाँच बर्षदेखि पोर्चुगलको मिन्यो विश्वविद्यालय ब्रागामा सञ्चार विज्ञानको पत्रकारिता बिषयमा विद्यावारिधि अध्ययन गर्दै आएका थिए ।

विद्यावारिधिबाट दीक्षित भएपछि सापकोटाले आफ्नो अध्ययनको थेसिसबाट युरोप र पोर्चुगलको नेपाली मिडिया र सञ्चारकर्मीहरूलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

मेरो अध्ययनले नेपालको मूलधारका छापाहरूमा दलित र जनजातिका सबालहरूमा अझ सशक्त आवाज उठाउन मद्दत पुग्ने अपेक्षा गरेको बताए ।