देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिमको गौरा महोत्सव अमेरिकाको मेरिल्याण्डमा हुँदै

देशान्तर

नेपालकाे सुदूरपश्चिममा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व अमेरिकामा पनि मनाइने भएकाे छ।

नेपालको धर्म,संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्य सहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाउन लागिएकाे हाे ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सास्कृतिक केन्द्र ( हिन्दु बाैद्ध ) को संयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा पर्दशनि पनि हुने भएको हो ।

गौरा नेपालको सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा सुदूरपश्चिममा परापूर्व कालदेखि नै मनाँउदै आएको पर्व हो । गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमी सम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईन्छ ।

नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारि आउदो सेप्टेम्वर ४ मा हुन लागेको गौरा प्रर्दशनीको तीब्र तयारी शुरु भएको आयोजकले जनाएका छन् ।

प्रर्दशनीलाई सफल पार्न बिभिन्न समितिहरु समेत गठन गरिएका छन् । प्रर्दशनीमा गौरा पर्वको महत्व झल्किने गरि बिभिन्न पम्पलेट वितरण गरिनुका साथै झाकिँ तथा देउडा नाचहरु प्रर्दशन गरिने भएका छन्  ।

अमेरिकामा बाक्लिदै गईरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वहरुको महत्व लोप हुन नदिन गौरा पर्दशनीको आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।
आयोजक कमिटीलाई सम्बोधन गर्दै सुदुर पश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले अमेरिकामा बस्ने नेपालीहरुबिच सांस्कृतिक पर्वका माध्यमबाट भाईचारा बढाउने र सुदूर पश्चिमको संस्कृति र परम्पराबारे जानकारी गराउन गौरा पर्वको आयोजना गर्न लागिएको बताए ।