देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्युयोर्कमा गिरीजाबाबुको ९९ औं जन्मजयन्ती मनाइयो

देशान्तर

अमेरिका । गिरिजाबाबुको ९९ औं जन्मदिनको पावन अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले दीप प्रज्वलन एवं अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

फाउण्डेशन अमेरिकाकै कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले स्व. गिरीजाप्रसाद कोईरालाको तस्वीरमा खादा अर्पण गर्दै कोइराला एक कुशल राजनेता भएको र आफू उनीबाट प्रभावित भएको चर्चा गरे । एकल जहानियाँ राणाशासनदेखी पंचायत र राजाको मनपर्दी शासन एवं माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ती सम्झौताको बाटोमा ल्याउन कोइरालाले नेतृत्व प्रदान गरेको नेता आचार्यले बताए ।

कार्यक्रममा पुर्व मन्त्री तथा माननीय कमला पन्तले स्व.कोइरालाले देखाएको एकता र शान्तीको मार्गमा अगाडी लम्कनु नै उनीप्रती वास्तविक श्रद्धांzजली हुने बताइन् । महामहिम राजदुत डेरेक डिझी हुआंगले नेपाल र नेपालीको हित र शान्तीको लागी स्व. कोईराला सर्वप्रिय भएको र आफुले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रीय फोरमबाट फाउन्डेशनलाई यथासंभव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सोही कार्यक्रममा संयुक्त राष्ट्रसंघ धार्मिक समितिका महासचिव दिलीप थंकापनले विश्वनै शान्तीको मार्ग हुँदै विकासमा लम्कनुपर्नेमा जोड दिए । युनाईटेड शेर्पा एसोसिएशनकी अध्यक्ष छिरिंग शेर्पाले आफुहरू भगवान बुद्धको मार्ग हुँदै शान्ती र विकासमा लम्किएको र स्व. कोईराला एक प्रेरक व्यक्तित्व भएको चर्चा गरे ।

कार्यक्रममा बोल्दै नेपाल भिजन इन्कका उपाध्यक्ष किरण पौडेलले संयुक्त राष्ट्रसंघ लगायतका छाता संस्थाहरूले स्व. गिराजाप्रसाद कोईरालाको उच्च सम्मान गर्नुपर्ने बताए । फाउन्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमिरेले कोईरालाको प्रेरक र संघर्षशील जीवनीवारे प्रष्ट्याउँदै आफुहरुले स्व. कोईरालाको नाममा स्थापित यसै संस्थाको सक्रिय पहलकदमीमा अन्य सामाजिक संघसंस्थाहरु सँग हातेमालो गर्दै कोरोना कहरमा खाद्यान्न, स्वास्थ्य सामाग्री, भ्याक्सीन लगायत मानवीय सहायता गरेको र सो कुरा अमेरिकी सरकारी निकायहरूले समेत उचित मुल्यांकन गरी पटक पटक पुरस्कृत गरेकोमा आफुहरु गौरान्वित भएको र आगामी दिनहरूमा सबैलाई समेटी सामाजिक अभियानमा लागी पर्ने बताए ।

उपाध्यक्ष सुवर्ण लामाले स्व. गिरिजाबाबुले देखाएको सहमति, सहकार्य र एकता नै मुलुकको खाँचों भएको कुरा प्रष्ट पारे । करिब २ घन्टा चलेको सो कार्यक्रममा नेपालको विकास, वर्तमान समसामयिक राजनीतिक परिवेश, प्रवासी नेपालीहरूका माग, दोहोरो नागरीकता लगायत आम चासोको बिषयमा समेत छलफल भएको कुरा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले बताए । कार्यक्रममा चियापानको व्यवस्था टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राईटर एंव फाउण्डेशनकी कार्यसमिती सदस्य रेखा श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल भिजन इन्क अमेरीकाका उपाध्यक्ष किरण पौडेल, एन.आर.एन अमेरिका न्युयोर्ककी महिला संयोजक लक्ष्मी थापा, फाउन्डेशनका केन्द्रीय आमन्त्रित सदस्य अम्बीर जोशी, हेलम्बु गाउँपालिकाका पुर्व अध्यक्ष गोम्बे लामा र पुर्व सदस्य पेमा लामा लगायतको उपस्थिती रहेको थियो ।

फाण्डेशनले ४ जुलाईका दिन अर्थात अमेरिकी राष्ट्रीय स्वतंत्रता दिवसको अवसरमा न्युयोर्क लंग आईल्याण्डस्थित सन्किन मिडो पार्कमा भव्यताका साथ वार्विक्यु एवं दोस्रो बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।