देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपी कोइराला फाउन्डेसन अमेरिकाको सक्रियतामा खाद्य महोत्सब

देशान्तर

न्युयोर्क । क्विन्स टुगेदरको आयोजना तथा गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको सक्रियतामा प्रथम अन्तर्राष्ट्रिय खाद्य महोत्सव सम्पन्न भएको छ । न्यूयोर्कमा सम्पन्न खाद्य महोत्सवमा विभिन्न राष्ट्रका विशेष व्यञ्जन एंव राष्ट्रिय खानाको स्वाद गराईएको थियो । क्विन्स स्थित विभिन्न वटा देशका भोजनालयहरुको सहभागिता रहेको थियो ।

“कोरोना कहरपछिको रेस्टुरेन्ट व्यापार घटदै गएकोमा रेस्टुरेन्ट व्यवसायलाई बढवा दिने र व्यवसायीबीच एक आपसमा परिचय गर्दै कसरी व्यवसाय फष्टाउने भन्ने विषयमा अन्तरक्रिया गर्नका लागि महोत्सब आयोजना गरिएको हो”, फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले उद्देश्य प्रष्ट पार्दै भने ।

महोत्सबमा ईन्डीयन, श्रीलंकन, बंगलादेशी, गयानिज, थाई, मेक्सिकन, इटालियन, जमैकन, चाईनिज, कोलोम्बियन, अमेरिकन, तिब्बेतन, पाकिस्तानी, ग्रिक, चिली, अफगानी लगायत नेपाली रेस्टुरेन्ट व्यवसायहरुको सहभागिता रहेको थियो ।

नेपाल झल्काउने र नेपाली खानाको स्वाद दिने एक मात्र नेपाली भन्सा घरको झोल मोमो चाख्नलाई मानिसहरुको घुईचो लागेको थियो । नेपाली भन्सा घरकी प्रोप्राईटर बिमला श्रेष्ठ हमाल आफै उपस्थित भई झोलमोमो पकाउने विधि बारे प्रश्न सोध्नेहरुलाई उत्तर दिन व्यस्त देखिन्थिन् ।

कार्यक्रममा फाउन्डेशन अमेरीका च्यापटरका उपाध्यक्ष सुवर्ण लामा, न्युयोर्क राज्यकी एसेम्ब्ली ओमेनद्वय माननीय जेसीका गोन्जाले स्रोजस् र क्यटालीना क्रुज, न्युयोर्क सिटी डिस्ट्रिक्ट २६ की काउन्सिलओमेन जुली वनको समेत उपस्थिती रहेको थियो ।

‘क्विन्सटुगेदर, क्वीन्सका रेस्टुरेन्टहरु र जिपी कोइराला फाउन्डेसन अमेरिका सहित सामुदायिक समूहहरूको नेटवर्क, एनवाइसिको सबैभन्दा ठूलो बोरोको सार्वजनिक स्वास्थ्य र सम्पत्ति सुधार गर्न सँगै काम गर्दै आएकोमा क्विन्स टुगेदर आभार प्रकट गर्दछ’ सह–संस्थापक जोनथन फर्गासले भने ।

जोनथनले क्विन्स टुगेदरको आयोजनामा प्रत्येक कार्यक्रममा जिपी कोइराला फाउन्डेसन अमेरिकाको स्वयंसेवक सहयोग एवं सक्रियताको उच्च मुल्यांकन गर्दै निकट भविष्यमा सबै समुदायको हितकालागी वृहत कार्ययोजना निर्माण गरेर अघि बढ्ने घोषणा गरे ।