देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतृत्वका कारण जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको असक्षमताका कारण नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद फेरि बल्झिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण अमेरिकास्थित जनसम्पर्क समितिको विवाद सुल्झनेतर्फ नभई बल्झिनेतर्फ उन्मुख भएको हो । जनसम्पर्क समिति अमेरिकामा विवादका कारण दुईवटा राष्ट्रिय प्रतिनिधि भेला हुने भएपछि सभापति देउवा, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका बीचमा छलफल भएर दुवै भेला रोक्ने निर्णय भएको थियो । तर सभापति देउवाले एकलौटी ढंगबाट फेरि जनसम्पर्क समितिका सभापति आनन्द विष्टलाई प्रतिनिधि भेला गर्ने अनुमति दिएका कारण विवाद सुल्झनेभन्दा बल्झिनेतर्फ उन्मुख हुन लागेको हो ।

दुवै पक्षले आआफ्नो ढंगले भर्जिनिया र न्युयोर्कमा भेलाको आयोजना गर्ने घोषणा गरेका थिए । दुवै नेताले आफूलाई पार्टीबाट सहयोग रहेको र आफ्नो भेला आधिकारिक भएको दाबी गर्दै भेला घोषणा भएपछि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले विदेश विभाग प्रमुख र जनसम्पर्क समिति प्रमुख नियुक्त नगरेका कारण पनि जनसम्पर्क समिति अमेरिका चरम विवादका बीचबाट बाहिर आउन नसकेको हो । दुई वर्षअघि सुवेदीले सबै पक्षलाई मिलाएर अधिवेशनको आयोजना गरेर विष्ट निर्वाचित भएपछि सुवेदी पक्षका नेतालाई केन्द्रीय समितिमा नियुक्त नगरेका कारण पनि सुवेदी समूहमा असन्तुष्ट सुरु भएको थियो । जनसम्पर्क समितिमा देखिएको विवादको अन्त्य गर्नेभन्दा पनि समितिका सभापति विष्टले एकलौटी ढंगबाट गर्नुपर्ने समयमा साधारणसभासमेत नगरी एक्कासि साधारणसभाको मिति तय गरेपछि पूर्वसंयोजक विष्णु सुवेदी समूहले समेत सो समयमा राष्ट्रिय प्रतिनिधि भेला बोलाएका कारण विवाद दुवै कार्यक्रम स्थगित गर्नका लागि सभापति देउवाले महामन्त्री र केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेसँगको समेत छलफलपछि चैत्र ६ गते स्थागित गर्ने पार्टी केन्द्रीय कार्यालयबाट पत्राचार गरिएको थियो ।

तर भेला रोकिएपछि हठात नेपाल आएका जनसम्पर्क समिति अध्यक्ष आनन्द विष्टको प्रभावमा परेर सभापति देउवाले आफ्नै पूर्ववत: निर्णयलाई उल्लंघन गर्दै तोकिएको समयमा नै साधारणसभा गर्न निर्देशनसहितको पत्र मुख्यसचिव कृष्ण पौडेलले पठाएका छन् । सभापति देउवाको निर्देशनअनुसार मुख्यसचिव पौडेलले चैत्र १० गते फेरि साधारण सभा गर्नू भन्ने पत्र पठाएपछि अमेरिका जनसम्पर्क समितिको विवादले चरम रूप लिएको हो । महामन्त्री डा.शशांक कोइराला अमेरिका गएको बेलामा एक महिना बसेर अमेरिका जनसम्पर्क समितिको विवाद टुंगो लगाएका थिए तर सो बेला भएको सहमतिअनुसार विष्टले केन्द्रीय समितिमा सुवेदी समूहका व्यक्ति नियुक्त नगरेकै कारण विवाद आएको सुवेदी समूहको दाबी छ ।

जनसम्पर्क समिति हाल ३५ सदस्यीय छ । विष्ट समूहको जानकारीअनुसार सबै केन्द्रीय सदस्य अधिवेशनको पक्षमा रहेको दाबी गर्छ भने सुवेदी समूह यो अप्रिल २२ मा भर्जिनियमा साधारणसभाको आयोजना अधिवेशन नगर्ने खेल भनेको छ । च्याप्टरबाट तीनजना सहभागी गराउनुपर्नेमा त्यसो नगरेको सुवेदी समूहको दाबी छ । जनसम्पर्क समिति अमेरिकाका नेता प्रमोद सिटौला, ओम भट्टराई, किरण राईलगायतले साधारणसभा विधिवत् ढंगबाट जानुपर्ने भनेर नोट अफ डिसेन्ट लेखेका छन् । सुवेदी पक्षले केही च्याप्टरका पदाधिकारी पदावधि समाप्त भइसकेको अवस्थामा विवाद झिक्नका लागि मात्र साधारणसभा आयोजना गर्न लागिएको बताएको छ ।

जनसम्पर्क समितिको विधानको धारा १८ अनुसार हरेक च्याप्टरबाट तीनजना सहभागी हुनुपर्नेमा त्यसो नगरिएको सुवेदी पक्षका नेता प्रमोद सिटौलाले दाबी गर्छन् । सिटौलाले विवाद मिलाउनका लागि डेलिगेस्ट र साधारण भेलालाई समेत रोकेर अर्को मिति तोक्न सकेमा विवाद मिल्ने दाबी गर्छन् ।