देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्जुन अर्यालकाे नेतृत्वमा स्याङ्जा समाज पोर्चुगलको नयाँ कार्यसमिति चयन

देशान्तर

लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

पोर्चुगलको राजधानी लिस्बनमा आइतबार भएको अधिवेशनले सर्वसम्मत रुपमा  २१ सदस्यीय कार्य समिति र चार सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा रेखा रेग्मी, बिशाल पराजुली र  श्री देवी डोटेल, महासचिवमा क्षितिज गौचन, सचिवमा सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदी छानिएका छन् ।

त्यसैगरी सदस्यमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी,  यज्ञप्रसाद डुम्रे, सुदन काफ्ले, पदम कुवँर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर,  सुदीप थापा,  धर्मगत चापागाईं, कृष्ण सेन र विश्वास राना छानिएका छन् ।
चार सदस्यीय सल्लाहकार समितिमा बिमल गौतम, बिपिन अर्याल, आकाश किरण श्रेष्ठ र राजेन्द्रप्रसाद डुम्रे चयन भएका छन् ।

गैर आवासीय नेपाली संघ पोर्चुगलका संथापक अध्यक्ष पूर्ण हमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पर्यटन दुत रमेश गुरुङ, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी, नेपाली कांग्रेसका महासमिति सदस्य चिजकुमार तामाङ, प्रवासी एकता मन्च पोर्तुगलका महासचिव दीपक खत्री, पत्रकार भरत प्रधान लगायतले समाजको योगदानका बारेमा चर्चा गरेका थिए ।