देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजावादी प्रदर्शनमा घाइते युवकको मृत्यु

देशान्तर

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राजावादी प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो भएको प्रदर्शनका क्रममा घाइते भएपछि उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो। ‘४:३० बजे अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो,’ आचार्यले जानकारी दिए।

राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड, आगजनी र झडपका घटनाहरू भएका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।