देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवराज सुवेदीले सुम्पिए जगमान गुरुङलाई जिम्मेवारी

देशान्तर


काठमाडौँ । पूर्वपञ्च र राजावादीहरुले नवराज सुवेदीको नेतृत्वमा बनाएको राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब जगमान गुरुङले गर्ने भएका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक रहेको सुवेदीले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने एक विज्ञप्ति जारी गरि जनाएका हुन् । आज सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गर्दै सरकारले आफूलाई नजरबन्दमा राखेको हुनाले आफ्नो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने जनाएका हुन्।

सुवेदीले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न उनले आह्वान समेत गरेका छन् ।