देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्ववियु निर्वाचन निर्वाचन प्रक्रिया अवरुद्ध भएको प्रति नेविसंघको गम्भीर ध्यानकर्षण

देशान्तर

काठमाडौं । नेपाल बिद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा विभिन्न क्याम्पसहरूमा भिन्नभिन्न कारण देखाई तालाबन्दी हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध भएको बिषयप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उचित समाधान सहित मतदानको सुनिश्चितता गर्न माग गरेको छ ।


अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाका दौरान सृजना भएका समस्यालाई स्वाभाविक रुपमा ग्रहण गर्दै उचित समाधान सहित मतदानको सुनिश्चितता गर्न माग गरेका हुन्। निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरु द्वारा गरिएका तालाबन्दी तोडेर जुनसुकै बहानामा गरिएको भएतापनि निर्वाचनको वातावरण सहज बनाउन र सम्बाद मार्फत समस्या सुल्झाउन सम्बद्ध सवै पक्षलाई आव्हान गर्दै नेबिसंघ मातहतका विभिन्न इकाई एव आवद्ध बिद्यार्थी नेताहरु समेतलाई निर्देशन पनि दिइएको छ ।