देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ आईजीपीबारे सोमबार निर्णय हुन सक्ने

देशान्तर


काठमाडौं । आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आईजीपी वसन्त कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ गर्ने कार्यक्रम राखिएको छ । कुँवरको बिदाइ अघि प्रहरी प्रधान कार्यालयमा आइतबार साँझ रात्रिभोजको आयोजना गरिएको छ ।


प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।