देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

जसपा नेपालले सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशमध्ये पाँच वटाको पक्षमा मतदान गर्न सकिने जनाएको छ । उसले भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।


जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपाले जनाएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेश देश हितविपरीत रहेको निष्कर्ष निकालेको हो ।