काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । गए राति उनीहरूको मृत्यु भएको हो ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको प्रहरीलेजानकारी दिएको छ । ग्यास चुहावटका कारण आगलागी हुँदा सोही मःम पसलका ११ कर्मचारी घाइते भएका थिए । तीमध्ये दुईजनाको मृत्यु भएको हो । अरू नौ घाइते उपचार भैरहेको छ ।
प्रतिक्रिया