देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

देशान्तर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दोषी ठहर भएका गोल्डमेडलिष्ट उपसचिव प्रमोद नेपाल विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतको दोषी ठहर गर्ने फैसलामा चित्त नवुझाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले शुक्रवार पूनरावेदन निवेदन सर्वोच्चमा पेश गरेको थियो ।
विशेष अदालतले नेपाललाई २०८० माघ १९ गते भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो । विशेष अदालतले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला सुनाएको थियो । अख्तियारले उक्त सजाय कम भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।