काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ । धुम्बाराहीस्थित एक बैंङ्क्वेटमा सुरु बैठकमा सरकारको पछिल्ला गतिविधि , समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन लगायतका विविध पक्षमा छलफल गर्ने राप्रपाले जनाएको छ ।
देश र जनताको अवस्था परिवर्तनका लागि व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने राप्रपाले जनाएको छ ।
प्रतिक्रिया