काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
जोशी आइतबार अदालतमा उपस्थित भएका हुन् । उनीसहितका व्यक्तिविरुद्ध संगठित रूपमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ । कास्की अदालतले धरौटीमा छाडेको एक सातापछि मात्र जोशी काठमाडौं अदालतमा उपस्थित भएका हुन् । कास्की अदालतले गएको बिहीबार धरौटी लिएर छाड्ने आदेश गरेको थियो ।
प्रतिक्रिया