काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेपछि प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको प्रस्टीकरण दिएका छन् । २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा भइरहेका अस्थिरताको अन्त्यको पक्षमा रहेको दाबी समेत गरे ।
उनले देशलाई धनी र सम्पन्न बनाउनै पर्ने भन्दै दुःखबाट मुक्त गरेर तमाम नेपालीलाई सुखी बनाउनेतर्फ सरकारको ध्यान गएको बताए । देश बनाउन र राजनीतिक अस्थितरता र अन्योल समाप्त पार्न तथा अहिलेको सरकार बनेको र त्यस काममा लागेको बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा उजुरी परेको पाँच वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर आफूहरुले आवाज उठाएको पनि बताए । सभ्य समाजमा अराजकता मौलाउन नहुने भन्दै उनले फेसबुक, युट्युबका सामग्री हेर्न सुन्न नसकिने रहेका बताए ।
प्रतिक्रिया