देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन’ : सिंह

देशान्तर


काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरेका हुन् ।
कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छाेटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।


उपप्रधानमन्त्री सिंहसँगै चितवन पुगेका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए । मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।