चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको ध्यान अहिले सरकारतिर नभई जनतातिर भएको बताएका छन् । उनले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।
चितवनमा आज पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको कामको खबरदारी गरिरहने पनि बताए ।
अध्यक्ष प्रचण्डले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको पनि बताए ।
चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनको भनाई थियो ।
प्रतिक्रिया