देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनकुटामा नगर स्तरीय १०० दिने विशेष अभियान  सुरु

देशान्तर

  

धनकुटा ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि संविधान सभा सदस्य डा.डिला सङ्ग्रौलाले धनकुटा नगर स्तरीय  १०० दिने विशेष अभियानको उद्घाटन गर्दै  कांग्रेस सवैका अभिभावक भएको बताएकी छिन् । 

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,पूर्व सभापति हरि कुमार राई, संविधान सभा सदस्य लीला सुब्बा, प्रदेश कार्य समितिका सदस्य नवीन किशोर शाक्यले १०० दिने विशेष अभियानले कांग्रेसको आन्तरिक सङ्गठन सुदृढीकरण गर्ने बताए । जिल्ला उपसभापति तथा धनकुटा नगर संयोजक  सुनिल कुमार डङ्गोलले स्वागत मन्तव्य गर्दै १०० दिने विशेष अभियानको कार्य योजना प्रस्तुत गरेका थिए ।

यसैगरी जल्ला सचिव विजय सन्तोषी राई संयन्त्रको काम कर्तव्य र कार्यक्रमको महत्वको बारेमा प्रस्तुत गरे ।  युवा नेता कमट फागु, क्षेत्रीय सभापति प्रदेश सभा क का जितेन्द्र राई लगायतले शुभ कामना मन्तव्य व्यक्त गरे ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका कार्यवाहक सभापति अभिशेष कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन उपसभापति अमित लो तामाङले गरेका थिए ।

प्रमुख अतिथि तथा विशेष अतिथि र अतिथिहरूलाई नेपाली कांग्रेसका जिल्ला सदस्य हिरादेवी राई,नगर कार्य समिति सदस्यहरू रेजिना पलिखे,सङ्गीता चापागाईँले खादा माला लगाई दिई स्वागत गरे ।

 नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव जयन्द्र घिसिङ, कोषाध्यक्ष सरस्वती मगर, सहसचिव श्रीराम रायमाझी, प्रवक्ता खगेन्द्र घिमिरे, महासमितिसदस्यहरु आनन्द सन्तोषी राई, सुमना तिम्सिना, गङ्गाराम ढुङ्गाना, नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक महत, युवराज पराजुली, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटा पूर्व कोषाध्यक्ष विकास प्रधान, सल्लाहकार डिआइजी दिनेश अमात्य, जिल्ला सदस्यहरू रवीन्द्र नेपाल, रेणु श्रेष्ठ, रोशेष श्रेष्ठ, श्रीकृष्ण प्रधान, नगेन्द्र पाण्डे, मीन कार्की, अम्बिका धमला, राजेन्द्र खड्का, भक्त थापा, मेजर बल बहादुर थापा,बुद्धिकान्त घिमिरे,शान्ति खड्का,क्षेत्रीय उपसभापति मिलन खड्गी, वडा नं. १ का सभापति वीर बहादुर तितुङ, वडा नं. २ का सभापति राज कुमार राई, वडा नं. ४ का सचिव थिर बहादुर थापा, वडा नंं. ५ का सभापति धन बहादुर राई, वडा नं. ६ का सचिव अनिता लुइँटेल, वडा नं. ७ का सभापति शैलेसमान श्रेष्ठ, वडा नं. ९ का उपसभापति सिताराम न्यौपाने, वडा नंं १० का सभापति अमर खनाल, धनकुटा नगरपालिका कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, मञ्जु कार्की, रेजिना पलिखे, नेपाल दलित सङ्घ धनकुटाका अध्यक्ष नारायण विक, नेपाल किसान महासङ्घ धनकुटाका अध्यक्ष दिल कुमार राई, उपाध्यक्ष केदारनाथ श्रेष्ठ, नेपाल प्रेस युनियन धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष यानिन्द्र तिगेलाले शुभ कामना व्यक्त गरेका थिए ।

  नेपाली कांग्रेसले धनकुटा नगरपालिका वडा नं. १ का सरस्वती मगर,वडा नं. २ मा खगेन्द्र घिमिरे, वडा नं. ३ मा खेमराज पौडेल, वडा नं. ४ मा गोविन्द्र वाग्ले, वडा नं. ५ मा रोशेष श्रेष्ठ, वडा नं. ६ मा सिता प्रधान, वडा नं. ७ मा श्रीकृष्ण प्रधान,वडा नं. ८ मा रवीन्द्र नेपाली, वडा नं. ९ मा मीन बहादुर कार्की, वडा नं. १० मा भक्त थापालाई १०० दिने विशेष अभियान सञ्चालन गर्न संयोजकमा रूपमा खटाइएको र वडा संयोजकहरूले  वडा गएर वडा र टोलको सङ्गठन विस्तार र सुदृढीकरणका लागी १५ बुँदे काम गर्नु पर्ने जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।