देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कान्छी ए कान्छी सिरियलमा सुरजले पाए मुख्य भूमिका

देशान्तर

 काठमाडौँ । एससिएस फिल्मस् ले निर्माण गरेको टेलि श्रृङखला कान्छी ए कान्छीको पहिलो भाग युट्युबमार्फत सार्वजनिक गरिएको छ । ओजोन जोशी प्रमुख सहायक निर्देशक र सिएसएस फिल्मस् कै   कथा, सम्पादन र निर्देशन रहेको उक्त टेलि श्रृङखलामा सुरज अधिकारी मुख्य भूमिकामा देखिएका छन् । 

टेलि श्रृङखलामा उनी गाउँकै सीतालाई मन पराउने एक युवा गाउँले रामको भूमिकामा देखिएका छन् ।  टेलि श्रृङखलामा अनिमा विश्वकर्मा , अमिषा सुवेदी , करिश्मा तामाङ , आशान खान, कमल तामाङ  दिपेश मगर , मीन बहादुर गुरुङ,  पूजा तामाङ , मोहित चौधरी , सम्झना श्रेष्ठ ,  र पार्वती तामाङलगायतको पनि अभिनय रहेको छ ।  टेलि श्रृङखला कान्छी ए कान्छी नामक च्यानलबाट सार्वजनिक गरिएको हो ।