देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गागरी’ मा पल र कामनाको जोडी

देशान्तर


काठमाडौं । अभिनेता पल शाह र कामना फगामी मगर अभिनित गागरी बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा अभिनय गर्न कामना केहि समय पहिले जापानबाट नेपाल आएकी थिइन् । भिडियोमा यो गीतका गायक संगीतकार तथा संगीत संयोजक योगेशकाजी शाहको पनि अभिनय रहेको छ ।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सम्पादन र रंग संयोजन मिलन बिश्वकर्माले गरेका हुन् । करण खतिवडा सहायक कोरियोग्राफर रहेको भिडियोको सहायक निर्देशक तथा कोरियोग्राफर प्रशान्त मगर हुन् ।


शान्ती श्री परियार र योगेशको स्वर रहेको गीतको मिक्सिङ मास्टरिङ मनोज परियारले गरेका हुन् । अमित कुमार चन्दले निर्माण गरेको गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतकार अधिकारी र अभिनेता पलको यो तेश्रो गीति सहकार्य हो । यस अघि गीतकार अधिकारीले लेखेको चलचित्र शत्रु गतेको रुपै मोहनी बोलको गीत र टंक बुढाथोकिको संगीत रहेको केले भन्दा पिरतीले बोलको गरी दुई गीतमा पलले अभिनय गरेका थिए । गीतको भिडियो गायिका परियारकै आधिकारीक युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । गीतले युट्युवमा सकारात्मक प्रतिकृया पाएको छ ।