देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भानु साहित्य उद्यानको साधारणसभा सम्पन्न 

देशान्तर

 आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदिरम्घालाई साहित्यिक तिर्थस्थलको रुपमा विकसित गर्ने उद्देश्यले स्थापित भानु साहित्य उद्यान संस्थाले दोस्रो साधारसभा सम्पन्न गरेको छ ।

भानु नगरपालिका वडा नं ४ को करिब ४ सय रोपनी क्षेत्रफलमा निर्माण गरिने भानु साहित्य उद्यान (योजना) को समिक्षा बैठक सहितको साधारणसभामा वरिष्ठ ईन्जिनियर तथा संस्थाका सचिव कर्ण बहादुर राणाभाटले गुरुयोजना तर्जुमा एवं कार्यान्वयन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा भानु नगरपालिकाका कार्यकारी अधिकृत दिवाकर पौडेलले भानु साहित्य उद्यनको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियोे । संस्थाका अध्यक्ष प्रा.डा. जयराज आचार्यको सभापतित्वमा भएको साधारणसभामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल वाचन गर्नुभएको थियो ।

भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, संविधानसभा सदस्य रामचन्द्र पोलरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बिओटी सल्लाहकार तिर्थराज अधिकारी, पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष मदन महत लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका महासचिव काशीराज आचार्यले महासचिवको प्रतिवेदन तथा उपाध्यक्ष प्रा.डा. व्रतराज आचार्यले विधान संशोधन प्रस्ताव पेस गरेका थिए।

भानुभक्तको पूर्णकदको सालिक निर्माण रामायण भवन, साहित्य उद्यान, सप्तधाम निर्माण , भानु अध्ययन केन्द्र , नेपालमाताको मन्दिर लगायतका भौतिक निर्माणको लक्ष्य रहेको भानु साहित्य उद्यानका निमित्त भानु नगरपालिकाले विविध कार्यारम्भ गरिसकेको छ। भानु साहित्य उद्यान संस्थाले संस्थागत समन्वय तथा सहकार्य गर्नका निमित्त गठित उक्त संस्थाको साधारणसभाले निम्न बमोजिमको समिति चयन गरेको छ ।

अध्यक्षमा श्री बिजयराज भट्टराई, वरिष्ठ उपाध्यक्षमा प्रा.डा. जीवराज पोखरेल, उपाध्यक्षमा साहित्यकार विधान आचार्य तथा श्रीभक्त आचार्य, महासचिवमा प्रा.डा. व्रतराज आचार्य, सचिवमा वरिष्ठ ई. कर्णबहादुर राणाभाट, साहित्यकार ऋषभदेव घिमिरे तथा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा साहित्यकार मुकुन्द पौडेललाई सर्वसम्मत मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा भीम उदास, लक्ष्मीप्रसाद आचार्य, प्रदीप आचार्य, साहित्यकार राजेन्द्र सलभ, साहित्यकार रामकाजी कोने, नारायणी अधिकारी, अक्रुर पिया, अजय श्रेष्ठलाई मनोनयन गरेको छ। सर्वसम्मत हुने पदाधिकारी तथा सदस्यहरुको प्रकृयागत घोषणा प्रमुख निर्वाचन अधिकृत बिजयराज न्यौपानेले गरेका थिए । 

साधारण सभाले समान उद्देश्य, लक्ष्य र भावना मिल्ने अन्य संस्थासंग कार्यगत एकता, समन्वय तथा सहकार्य गर्ने प्रस्ताव सहित साधारणसभा सम्पन्न भएको छ।