देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र कतारबिच आठ विषयमा सम्झौता

देशान्तर

काठमाडौँ । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो ।

यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।