देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । संसद्मा पार्टीको भूमिकाबारे सोमबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका सभापति शेरबहादुर देउवाले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विहान ७ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ भने त्यसपछि ८ बजेबाट संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले गठन नभएसम्म संसद्मा गृहमन्त्रीलाई सम्बोधन गर्न नदिने नीति लिएको छ भने सरकारको छानविन समिति गठनमा ढिलाइ गरे संसद् अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

यसअघिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म संसदीय छानविन समिति गठनका लागि भन्दै अल्टिमेटम दिएका थिए । प्रतिनिधिसभाको अर्को बैंठक मंगलबार बस्दैछ । त्यसअघि दलको बैठकमा छलफल गर्न लागेको हो ।