देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना

देशान्तर

काठमाडौँ । इजरायली सेना दक्षिण गाजाको खान युनिस सहरबाट पछि हटेको छ । इजरायली सेनाले खान युनिस शहरबाट सेना फिर्ता गरिसकेको जानकारी दिएको हो ।

यसै क्रममा इजरायली रक्षामन्त्री योभ गालान्टले खान युनिसबाट पछि हटेपछि इजरायली सेनाले रफाह सहरमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन् । युद्ध सुरु भएदेखि नै यहाँ हवाई आक्रमण हुँदै आएको थियो । 

अमेरिकी मिडिया न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले खान युनिसमाथि ४ महिनाअघि हमला गरेको थियो । यसैबीच, सहर फर्केका मानिसहरूले चारैतिर फोहोर मात्रै देखिने गरेको बताउँछन् ।

सेनाको पछि हटेको सुनेपछि खान युनिस फर्केकाले कुनै सहर बाँकी नरहेको र भग्नावशेष मात्रै देखेको बताएका छन् । 

२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपाची शुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ३३ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसमा १३ हजारभन्दा बढी बालबालिका छन् । अल जजीराको रिपोर्ट अनुसार हरेक दिन करिब १८० जनाको मृत्यु भैरहेको छ । ७५ हजारभन्दा बढी घाइते भएका छन् ।