देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महासमिति बैठक, भोलि प्रतिवेदन पेस गरिने

देशान्तर

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । 


मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।


महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले प्रयास गरिरहेका छन् । 

उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् । महासमिति बैठक उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए ।

उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।
सभापति देउवाले नेपाली कांंग्रेसको विधानमा समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे । उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशितला दस्तावेज भएको र यसमाथि जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उल्लेख गरे ।

उनले जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वनयमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे । कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाइ छ ।