देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेदरल्याण्डको अदालतले सरकारलाइ भन्याे, ‘इजरायललाई एफ- ३५ लडाकु बिमानकाे पार्टपुर्जा नदिनु’

देशान्तर

काठमाडौं । । गाजा पट्टीमा इजरायलले प्रयोग गरेको एफ-३५  लडाकु विमान पार्टपुर्जा विक्री र सहयाेग गर्न नपाउने भएको छ । 

नेदरल्याण्डको उच्च अदालतले त्यहाँको सरकारलाइ आदेश दिदैँ एफ- ३५ लडाकु बिमानको पार्टपुर्जा विक्री तथा सहायतामा प्रतिबन्ध लगाएको हो । एक डच अदालतका अनुसार सो निर्णय नलिएमा अन्तर्राष्ट्रिय मानवीय हताहतमा थप बल पुग्ने भन्दै सो प्रतिबन्ध लगाइएको हो । हेगको पुनरावेदन अदालतले मानवअधिकार संगठनहरूको समूहको पक्षमा फैसाला गरेको छ । नेदरल्याण्डका मानवअधिकारबादीहरूले नेदरल्याण्डको जारी सहयोगले इजरायलले हमाससँगको युद्धमा कानूनको उल्लंघनमा योगदान पुर्‍याउने काम गरिरहेको  जनाउँदै अाएका थिए ।

‘अदालतले राज्यलाई ७ दिन भित्र इजरायललाई एफ-३५ पार्ट्सको थप निर्यात बन्द गर्न आदेश दिएको छ,’ आदेशमा भनिएको छ, ‘किनभने, इजरायलको एफ-३५ लडाकु विमानहरूद्वारा गाजा पट्टीमा जारी युद्धमा मानवीय कानुनको गम्भीर उल्लङ्घन हुने स्पष्ट जोखिम छ ।’


अमेरिकाको स्वामित्वमा रहेको  एफ ३५ लडाकु बिमानका पार्टसहरू नेदरल्याण्डको गोदाम घरमा भण्डारण गरिन्छ र त्यसपछि अवस्थित निर्यात सम्झौताहरू मार्फत इजरायललगायत धेरै साझेदारहरूलाई पठाइँदै आइएको छ। गत डिसेम्बरमा हेगको जिल्ला अदालतले ‘बिमानका पार्टसहरू आपूर्ति गर्नु मुख्य रूपमा राजनीतिक निर्णय हो, जसमा न्यायाधीशहरूले हस्तक्षेप गर्नु हुँदैन’ भनेको थियो ।  उसको त्यो बेला तर्क थियो, ‘मन्त्रीले गर्ने विचारहरू धेरै हदसम्म राजनीतिक र नीतिगत प्रकृतिका हुन्छन् र न्यायाधीशहरूले मन्त्रीलाई ठूलो मात्रामा स्वतन्त्रता छोड्नुपर्छ ।’

तर पुनरावेदन अदालतले यो निर्णयलाई उल्टाउँदै नेदरल्यान्ड्सले युद्धको मानवीय कानुनको गम्भीर उल्लङ्घनको स्पष्ट जोखिम छ भने सैन्य सामानको निर्यातमा प्रतिबन्ध लगाउनु पर्छ भनेर आदेश दिएको छ । अदालतको थप तर्क छ, ‘इजरायलले आफ्ना आक्रमणहरू गर्दा नागरिक जनताको नतिजाको पर्याप्त हिसाब गर्दैन, उसका क्रियाकलाप युद्दको नियम बिरोधी र उलङघनकर्ताको जस्तो छ । ’