देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा कारबाहीका लागि सिफारस

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ ।
कारबाही सिफारिस पर्नेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन् । डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।


त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छ । प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई पनि कारबाही गर्नका लागि सिफारिस गरिएको छ ।
अध्यागमन अधिकृत मोक्तानको आचरण सम्बन्धी समस्या देखिएकाले सोही अनुसार कारबाही गर्नुपर्ने र तत्कालै जिम्मेवारीबाट हटाएर मन्त्रालय तान्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।