देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको पार्टीले गरेको र्‍यालीमा बिष्फोट हुँदा ४ को मृत्यु

देशान्तर

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन् ।

घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर अपराधीहरुको खोजी सुरु गरेको अधिकारीहरुले जनाएका छन् । पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानविन गर्न माग गरेको छ ।