देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाकवि देवकोटाको गजलमा सन्तोषको स्वर संगीत

देशान्तर


काठमाडौँ । चर्चित संगीतकार सन्तोष श्रेष्ठको स्वरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘आकाशमा शशी छन् बोलको गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रा डा कृष्णहरि बरालले उक्त गजलको श्रव्यदृश्य लोकार्पण गरेका हुन् ।


कार्यक्रममा महाकवि देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सृजनालाई ऐतिहासिकरूपमा सङ्गीत र स्वरबद्ध गरेर बाहिर ल्याउनु सुखद भएको बताए भने समालोचक घनेन्द्र ओझाले झण्डै एक सय वर्षअघि लेखिएको देवकोटाको गजल रेकर्ड गर्नु गजल प्रेमीका लागि खुसीको कुरा भएको बताए ।


हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन गरेको श्रव्यदृश्यमा गायक तथा संगीतकार श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।