देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आशिष महरको स्वरमा क्यारी हाँसुँला

देशान्तर

काठमाडौँ । आशिष महरको स्वरमा रहेको क्यारी हाँसुँला बोलको गीतको  भिडियो सार्वजनिक भएको छ ।   गीतका शब्द प्रह्लाद सुवेदीले लेखेका हुन भने  सङ्गीत र थेगो प्रवीण भट्टको हो ।  

नम्रता अर्याल निर्माता रहेको भिडियोको अवधारणा सागर बाबु भट्टले बनाएका हुन् । प्रवीण भट्टले निर्देशन गरेको भिडियोमा निक शर्मा र शिल्पा पोखरेलको अभिनय रहेको छ ।  अजय रेग्मीले खिचेको भिडियोलाई प्रवीणले सम्पादन र मिलन विश्वकर्माले रङ्ग संयोजन गरेका हुन् । मिठो कृयशन मार्फत सार्वजनिक भएको भिडियोलाई दर्शकले रुचाएका छन् ।