देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लन्डनमा आयोजना हुने कार्यक्रमको बारेमा स्पष्ट पार्न भुवन केसीलाई निर्देशन

देशान्तर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई लन्डनमा आयोजना हुने कार्यक्रममा सहभागिताको विषयमा बोर्डलाई स्पष्ट पार्न निर्देशन दिएको छ । इन्टरनेसनल डेल्फिक काउन्सिलले लन्डनमा आयोजना गरेको कार्यक्रममा बोर्डको सहभागिताको औचित्यलाई लिएर मन्त्रालयमा उजुरी परेपछि बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्ट पार्न भनेको हो ।

एक हप्ताको समय दिएर मन्त्रालयले बोर्डलाई उक्त कार्यक्रममा सहभागितालाई लिएर स्पष्ट पार्न भनेको हो । चलचित्र विकास बोर्डका सदस्य समेत रहेका प्रवक्ता केएल बुढाथोकीले आयोजक काउन्सिल आफैँमा आर्थिक रूपमा अपारदर्शी संस्था भएको भन्दै उक्त संस्थाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष भुवन केसी जान लागेको भन्दै मन्त्रालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा मन्त्रालयले केसीलाई उक्त कार्यक्रममा सहभागिताको औचित्यलाई लिएर स्पष्ट पार्न निर्देशन दिएको हो ।