देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मदाह गरेका प्रेम आचार्य प्रति समर्पित भिडियो सुर्योदयमा जेएलसन

देशान्तर

काठमाडौं । केहि समय अघि संसद भवन अगाडी आत्मदाह गरेका इलामका प्रेम आचार्य प्रति समर्पित भिडियो सुर्योदय सार्बजनिक भएको छ ।
भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनि संगै सुरभी सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगाएतको अभिनय रहेको छ । आना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा युनिक पोइट र प्रकृति बस्नेत भट्टराईको आवाज रहेको छ ।

संगीत निर्माताका रुपमा रिल्क्पास रहेको भिडियोमा अनिश तिवारीर श्रीजन श्यामाले भिडियोको कथा अनुसारको साँस्कृतिक बाजा हालेका छन् । नयन राईले छायाँकन गरेको भिडियोलाई नुजन डंगोलले सम्पादन गरेका हुन् । क्षितिज सिंह, अशोक अधिकारी र नुजन डंगोलको भिएफएक्स रहेको भिडियोको अन्जन लिम्बुले रंग संयोजन गरेका हुन् । लक्ष्मण खडका कार्यकारी निर्माता रहेको भिडियोमा निसम गोर्खालीको सह निर्देशन रहेको छ ।

भिडियोका लागि प्रोडक्सन डिजाइन, कस्ट्युम डिजाइन् र मेकअपको समेत जिम्मेवारी निर्वाह गरेकी निर्माता समेत रहेकी आना डुलुसले भिडियोको निर्देशन गरेकी हुन् ।