देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आरोप पुष्टि भए राजनीतिबाटै सन्‍न्यास लिन्छु : बस्नेत

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्‍न्यास लिने बताएका छन् ।
शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको भनाई राखेका हन् । । उनले अस्पतालको खानाको सुविधा बजेट अभावका कारण अर्थले कटौती गरेको तर आफूले कटौती गरेको भनेर हल्ला चलाइएको र अक्सिजनको सिलिण्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको बताए।
मन्त्री बस्नेतले जटिलरोगहरूका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए । सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरेका थिए ।