देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ बनाउन निर्देशन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान न्याम्सका पदाधिकारीसँगको छलफलमा उनले वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको भन्दै वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाएका छन् । छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।