देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सक विशद दाहालमाथिको निलम्बन केएमसी अस्पतालले फिर्ता लिने

देशान्तर

काठमाडौं । आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन केएमसी अस्पतालले फिर्ता लिने भएको छ । आज बिहान भएको वार्तापछि अस्पताल निलम्बन फिर्ता लिन तयार भएको हो ।

वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा. विशद दाहाल र उनका आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधिहरु थिए ।