देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. दाहालको निलम्बन फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

देशान्तर

काठमाडौं । नेपाल चिकित्सक संघले केएमसी अस्पतालका आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले शुक्रबार एक विज्ञप्तिमार्फत निलम्बन फिर्ता गरेर अध्ययन अध्यापनका लागि अघि नबढाए आवासीय चिकित्सकका संघ संस्थासँग छलफल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने बताएको हो ।

संघको आजै बसेको बैठकले निसर्त निलम्बन फिर्ताका लागि सरोकारवालासँग माग राख्ने पनि निर्णय गरेको थियो ।केएमसीमा पीजी दोस्रो वर्ष अध्ययनरत डा. दाहाललाई आवासीय चिकित्सकको कर्तव्य पालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै केएमसीले पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो ।