देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण

देशान्तर

धनगढी । आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदूरपश्चिम भित्रिएका छन्।

सुदूरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।