देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हौवाले निम्त्याएको दलीय भ्रष्टीकारण


काठमाडौं । वर्तमान कालखण्डमा नेपाली कांग्रेस (नेका) दलले अख्तियार गरेको नीति जुनसुकै सौदाबाजी गरेर भए सत्तामा हाबी हुने । उक्त उद्देश्य प्राप्ति निमित्त अख्तियार गरेको रणनीति चाहिँ कम्युनिस्टलाई एकजुट हुन नदिने ।
प्रथम जनआन्दोलनको सफलतापश्चात्को कालखण्डमा बीपी (विश्वेश्वरप्रसाद कोइराला) को अनुयायी कहलाउन प्रतिस्पर्धा गर्ने कांग्रेस नेतृत्वले सत्ता प्राप्तिलाई नै उद्देश्य ठान्दै आएको छ । बीपीले दिएको ‘सत्ता प्राप्तिको उद्देश्य देशवासीको उन्नतिका निमित्त’ भन्ने अर्तीलाई नेतृत्वले बिर्सेको छ । सत्ता प्राप्ति नै अन्तिम उद्देश्य ठहर गर्दा दल भ्रष्टीकरण उन्मुख भएको यथार्थ स्विकार्ने कांग्रेसजनको संख्या भने अपार छ । निःसन्देह नै दललाई आदर्शविहीन, विचार विचलित, तथा जनतासँगको सम्बन्ध झिनो तुल्याउने प्रमुख कारण नेतृत्व पंक्तिको सत्तामोह हो भन्नेमा दुविधा छैन । सत्तामोहसँगै गाँसिएको छ कम्युनिस्टलाई एकजुट हुन नदिने रणनीति । कम्युनिस्ट एकजुट हुँदा उनीहरूले बहुमत प्राप्त गर्छन् भन्ने कांग्रेस दल नेताहरूको विश्वास छ ।
सर्वमान्य नेता गणेशमान सिंहको देन थियो काँक्राका चिराजस्तै चिरा परेका कम्युनिस्टलाई एकजुट तुल्याउने । सिंहले यस रणनीति अख्तियार गर्नुको प्रमुख दुई कारणहरू थिए ।

प्रथम कम्युनिस्ट प्रभाव बिस्तार भइसकेको अवस्था । उनीहरूको साथबिना पञ्चायतको पतन कठिन छ भन्ने बुझाइ । दोस्रो झाँगिँदै गरेको कम्युनिस्ट शक्ति संगठित नहुँदा धोखा पाइने सम्भावना । ‘२०३६ सालको जनमतसंग्रह’मा प्रमुख कम्युनिस्ट घटक माक्र्सवादी लेनिनवादी (माले) लाई डो¥याउन नसक्दा उनीहरूले पञ्चायतलाई साथ दिएका थिए । उनीहरूमध्ये कुनै पनि घटकले पञ्चायतको पक्षमा खडा भैदिँदा जनआन्दोलनले पनि जनमत संग्रहको नियति भोग्नुपर्ने जोखिम थियो । कम्युनिस्टलाई संगठित गर्ने रणनीतिको समर्थक थिए कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई । उहाँहरू दुवैलाई कम्युनिस्ट मिलन तात्कालिक हो भन्ने विश्वास पनि थियो । पुष्पलाल, तुलसीलाल तथा मनमोहन अधिकारीबीचको प्रगाढ मैत्री सम्बन्ध के कस्ता कारणले गर्दा टुक्रनका पछाडिको रामकथाको उहाँ दुवै प्रत्यक्षदर्शी हुनुहुन्थ्यो ।


बीपी कम्युनिस्ट मोर्चाबन्दीको विरोधी हुनुहुन्नथ्यो । प्रजापरिषद् अध्यक्ष टंकप्रसाद आचार्यले कम्युनिस्टसँग गठबन्धन गर्दा उक्त पार्टी घरको न घाटको भएको उहाँ साक्षी हुनु थियो । दुई वर्षभन्दा कम अवधिमा नेपाली राजनैतिक इतिहासको पहिलो दल (प्रजापरिषद्) बिना कार्यकर्ताको दलमा परिणत भएको थियो । अन्तर्राष्ट्रिय राजनैतिक इतिहासका विद्यार्थी बीपीले कसरी रुसी समाजवादीलाई बोल्सेभिक नेता लेनिनले धोखा दिएर सत्ताकब्जा गरे त्यसको सूक्ष्म ज्ञान थियो । त्यसैगरी उहाँलाई जापानी साम्राज्यविरुद्ध मोर्चाबन्दी गर्दा चीनको कोमिन्ताङ दललाई माओ नेतृत्वको कम्युनिस्टले दिएको धोखाका विषयमा पनि उहाँले अध्ययन गर्नुभएको थियो । जीवनको अन्तिम अवस्थासम्म पनि उहाँ भूशक्ति राष्ट्र रुसले कम्युनिस्ट साम्राज्य बिस्तार गर्छ भन्नेमा विश्वस्त मात्र होइन त्रसित हुनुहुन्थ्यो ।


जीवनको अन्तिम घडीमा बीपीले दल ट्रोइका (गणेशमान सिंह, कृष्णप्रसाद तथा गिरिजाप्रसाद) को हातमा सुम्पिनु भएको थियो । उहाँको असली उत्तराधिकारी बन्न कनिष्ठ अनुज गिरिजाप्रसाद आतुर थिए । तिनका निमित्त ‘सान दाजु’को कम्युनिस्टप्रतिको धारणालाई निरन्तरता दिनु अपरिहार्य थियो । बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई अपव्याख्या गरेर गिरिजाप्रसादले राजासँगको सहयात्रालाई अँगालेका थिए । स्मरणरहोस् प्रथम जनआन्दोलनको पक्षमा गिरिजाप्रसादलाई सहभागी तुल्याउन अर्का दुई नेता (गणेशमान तथा कृष्णप्रसाद) लाई महाभारत भएको थियो । आन्दोलन अघि बढेपछि मात्र तिनको सक्रिय सहभागिता भएको थियो आन्दोलनमा ।


अगुल्टोले झस्केका गिरिजाप्रसादका निमित्त प्रधानमन्त्री पद बहाली गरेको दिनदेखि नै कम्युनिस्टले निशानामा पारे । कर्मचारी आन्दोलन, टुँडिखेलको रेलिङ भत्काउनेदेखि बन्द हडतालजस्ता कार्य सुरु भए । गिरिजाप्रसाद जति कम्युनिस्टबाट सशंकित थिए त्यति नै सक्रिय थियो भर्खरै जन्मिएको एकीकृत माक्र्सवादी लेनिनवादी नेपाली कम्युनिस्ट पार्टी (एमाले) नेतृत्व । तिनले एमालेको सडक तथा सदनबाट सत्ता हत्याउने घोषित नीतिको चुनौती गर्नु परेको थियो पद सम्हालेलगत्तै ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दल भत्रका विरोधी नेता कार्यकर्तालाई ‘तह’ लगाउन तथा एमालेको चुनौतीको सामना गर्न पूर्वपञ्चलाई दल प्रवेश गराउनु आवश्यक ठाने ।

दलमा पञ्चहरू भित्र्याउन तिनी ‘पञ्चाग्रेस’ को पितामह कहलिए । पञ्चाग्रेसको प्रभावसँगै दलमा ‘सुकिलामुकिला’ को वर्चस्व बढ्यो । पञ्चायतलाई जुन संस्कारले धरापमा पार्न सक्यो त्यही नेकामा हाबी भयो । माथिल्लो स्तरका नेताको दैनिकी प्रिय पदार्थ ‘ठर्रा रक्सी’लाई दिउँसै फ्रेन्च वाइन, इटालियन कम्पनी र ब्रिटिस जिन टनिकले विस्थापित ग¥यो । ठूला नेताको बन्द कोठामा घाम डुबेपछि ‘ब्लु लेबल’ को सिसी खोलिन थाले । ‘स्कच’को तृप्ति विदेशबाट फर्कने मित्र ढुक्ने युवा नेता कार्यकर्ताका निमित्त पाएसम्म ‘सिंगल माल्ट’ अन्यथा ‘डबल ब्ल्याक’ अनिवार्य प्रिय पदार्थ हुन थाल्यो । त्यसका साथै धमिजा काण्डबाट सुरु भएको कमिसनतन्त्र अनियन्त्रित हुँदै मेलम्ची, चिसापानीदेखि प्रायः सबै सार्वजनिक खरिदको अंग हुन थाल्यो । प्राडो, पजेरो हुँदै ल्यान्डक्रुजर तथा मर्सडिज काठमान्डुको खाल्डाखुल्डी भरिपूर्ण सडकमा दगुरिन थाले । दलमा निहित स्वार्थ समूहको पकड बलियो हुँदै गयो अर्कोतर्फ राज्य सञ्चालनका अंगहरू निरीह हुन थाले ।


गिरिजाप्रसादलाई शेरबहादुरले चुनौती दिँदा, धेरै कांग्रेसजनले सोचेका थिए गिरिजाप्रसादले सञ्चालन गरेको परिवारवाद तथा सुकिला मुकिलाको पकडबाट कांग्रेसले उन्मुक्ति पाउँछ । रातारात गिरिजाप्रसादका ‘नाताले नभएर अस्ता’का स्वघोषित पुत्रपुत्री शेरबहादुरको पोल्टामा पुगेर कांग्रेस लोकतान्त्रिक आबद्ध भए । शेरबहादुरको निशानी केवल सत्तामा केन्द्रित रह्यो । गिरिजाप्रसादको कचेरी सदस्य तथा नेकामा प्रभुत्व जमाएका सुकिला मुकिलाको खुल्ला प्रवेश शेरबहादुरको ‘बेड रुम’मा भयो । स्वभावले नेका सभापति गिरिजाप्रसादभन्दा नेका प्रजातान्त्रिक सभापति बढी लचक थिए सुकिलामुकिलाको स्वार्थ हित रक्षाका निमित्त । राजा ज्ञानेन्द्रलाई रिझाउने प्रयासमा शेरबहादुर घोर दक्षिणपन्थी दरबारिया तथा व्यापारिक समूहको स्वार्थ रक्षकमा परिणत भए ।


सत्ताप्राप्तिका निमित्त कम्युनिस्ट शक्ति विभाजन रणनीतिलाई नेका सभापतिले शेरबहादुरले प्राथमिकतामा राख्दै आएका छन् । एमाले फुटाउने तथा एमाले माओवादीबीच तगारो बन्न सभापति सफल पनि भएका छन् । तिनको यस अभ्यासबाट सबैभन्दा बढी फाइदा तीव्र गतिले राजनैतिक सान्दर्भिकता गुमाउँदै गरेका माओवादी दल नेतालाई भएको छ । पुष्पकमल दाहालसँगको साँठगाँठले सभापति देउवाका दुईचार चाटुकारलाई ‘आकर्षक मन्त्रालय’ पद सुम्पन सफल भएका हुन् । आलोपालो प्रधानमन्त्री पद प्राप्तिको सहमति कार्यान्वयन भएरको खण्डमा तिनी ६ पटक प्रधानमन्त्री पद प्राप्ति गर्न पनि सफल हुनेछन् । नेका दल सभापति तिनले हासिल गरेको सफलताको मूल्य कांग्रेस दल तथा नागरिकले चुकाउँदै छन् । सरकारमा नेपाली कांग्रेसलाई प्रतिनिधित्व गर्ने मन्त्रीहरू कमरेड ‘प्रचण्ड’को मतियार साबित भएका छन् ।

सम्माननीय प्रधानमन्त्रीको लोकतान्त्रिक संस्थागत परिपाटी तथा संरचना ध्वस्त तुल्याउन अभियानका सहयात्री भएका छन् । वर्तमान सरकारलाई न्यायालय, अख्तियार, जनप्रशासन तथा प्रहरीलाई निर्दो तथा निरीह तुल्याउने अभूतपूर्व सफलता मिल्दै छ । हालसम्म राजनैतिक प्रभावबाट अविचलित रहको सेना उपर दोस्रो पटक प्रचण्ड प्रहार गर्न व्यग्र छन् । हेक्का रहोस् प्रथमपटक प्रधानमन्त्री पद सम्हालेका पुष्पकमल दाहालले सेनाउपर प्रहार गरेका थिए । त्यही प्रहार ‘बुमर¥यांग’ हुँदा तिनको पद गुमेको थियो । दस वर्षसम्म देशमा आतंकवाद फैलाएर ‘ढाडमा चढेर टाउकोमा प्रहार’ गर्न असफल सिद्ध भएका माओवादी नेता नेका सभापतिको डँडालोमा चढेर लोकतन्त्रको विनाश तथा राज्यसत्ता कब्जा गर्ने उद्देश्य उन्मुख हुँदै छन् ।


कम्युनिस्ट मेलमिलापका विषयमा कांग्रेस शीर्षस्थ नेताहरूले नसिकेको पाठ भनेको नेपाली कम्युनिस्टहरूबीच मेलमिलाप हुन् सक्दैन भन्ने हो । व्यक्तिवादी चिन्तन तथा सत्तामुखी नेतृत्वबीच मेलमिलाप हुन सक्दैनन् । एमालेको जन्म कोठे कम्युनिस्ट घटकहरूसँग माक्र्सबवदी लेनिनवादी समूह (माले) सँगको एकीकरणबाट भएको थियो । छरिएका कम्युनिस्ट घटकहरूमध्य मालेको मात्र जनधार थियो । अन्यसँग सीमित कार्यकर्तामात्र थिए । माले नेता, मदन भण्डारीले ऐतिहासिक पृष्ठभूमि भएका नेता मनमोहन अधिकारीलाई मानका खातिर सम्मान दिएर पुराना नेताहरू मालेमा विलय गराएका हुन् । मनमोहनलाई दलको सभापति पदमा आसीन गरेर असान्दर्भिक नेताहरूलाई एमाले प्रवेश गरेपछि पनि तिनको पहिचानले निरन्तरता पाउन सक्छ भन्ने सन्देश दिनु थियो तिनलाई । एमाले दलमा सम्पूर्ण नियन्त्रण त केवल मदन भण्डारी को थियो । दासढुंगा दुर्घटनपश्चात् नेतृत्व माधव नेपालको पोल्टामा प¥यो । माधव नेपालले केवल मदन भण्डारीकै मुकुट पहिरेर एमाले सञ्चालन गरेका हुन् । जब तिनको मुकुट खस्यो वामदेव गौतमले एमालेलाई सहजै टुक्र्याउन सके ।


विश्व कम्युनिस्ट आन्दोलनको इतिहास पल्टाउने हो नेताले सत्ता हात पर्दा साथै समकक्षीलाई विरोधी घोषित गर्छन् । ‘पर्ज’ मा परेर तिनलाई थुन्ने, मारिदिने अथवा देश निकाला गर्छन् । लेनिनले आफ्ना विरोधीलाई सखाप परे, स्टालिनले त्यही संस्कारलाई निरन्तरता दिए । माओले अनेक बहाना गरेर आफ्नो सहयात्री कामरेडहरूलाई सखाप परे । उत्तर किरिया तथा क्युबाले त राजतान्त्रिक प्रणालीलाई कम्युनिस्ट दलअन्तर्गतको आवरणमा अख्तियार गर्दैछन् । नेपालमा पनि कुनै कम्युनिस्ट नेताले राज्यसत्ता कब्जा गर्न सकेको भए तिनका विरोधीलाई समानान्तर दल गठन गर्ने छुट मिल्ने थिएन ।


चार वर्ष पनि बितेको छैन खड्गप्रसाद तथा पुष्पकमल दाहालबीचको साढे तीन वर्ष लामो एकीकरण । उक्त तीन वर्ष आधा लामो अभ्यासबाट पनि प्रस्ट भएको छ उनीहरू मिल्न सक्दैनन् । यदि मिली हाले भने पनि त्यो तात्कालिक व्यक्तिगत स्वार्थपूर्तिका निमित्त मात्र हुन्छ । विगतको यिनै वास्तविकतालाई आत्मसात् गर्नुको बदलामा कम्युनिस्ट एक ढिक्का हुन्छ भन्ने हौवा फैलाएर बहकिँदै दल भ्रष्टीकरण गर्नुको कुनै तुक छैन । कम्युनिस्ट एकताको त्रास फैलाएर दललाई दलदलमा फसाउनुभन्दा कांग्रेस जानका निमित्त नागरिकसँग पातलिँदै गएको सम्बन्धका कारणहरू फैलाउँदै उक्त सम्बन्ध पुनस्र्थापना प्रयास फलदायी हुनेछ ।