देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यकारी निर्देशक बसौला निलम्बित

देशान्तर


काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । गत असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित स्पष्टीकरण मागेका थिए । मन्त्री बस्नेतले मागेको ११ बुँदे स्पष्टीकरणमा बोर्डको कामकारबाही सन्तोषजनक नभएको, कार्यकारी निर्देशकले मन्त्रालयको निर्देशन नमानेको जस्ता विषय उठाइएका थिए ।


कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बिमा ऐन २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारहरू जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप लगाइएको थियो ।
उनलाई आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने तथा बोर्डलाई हानि गर्न सक्ने कारण देखाउँदै निलम्बन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कृष्ण थापाले बसौलालाई पठाएको पत्रमा उल्लेख छ ।