देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीमा किचलो

देशान्तर

काठमाडौं । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि केदार कार्कीको समूहले उक्त निर्णय अमान्य भएको बताएको छ । कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत् भएको बताए ।
संविधानको धारा १६८ (३) अन्तर्गत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनकोलागि भोलि शुक्रवार साँझसम्मको समय दिएका छन् ।
सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । एमाले बहुमत पु¥याउने संख्या लिएर आउनेलाई मुख्यमन्त्रीमा सहयोग गर्ने रणनीतिमा छ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेका छन् ।
यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । यो समूहका गयानन्द मण्डलले भने खाली कागजमा हस्ताक्षर गर्न मानेनन् । मण्डललाई हस्ताक्षर गराउनका लागि बुधबार राति कोइराला पक्षका नेताहरु उनको घरमै पुगेको बताइएको छ ।