देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई कम्पनीका तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

देशान्तर

काठमाडौं । फिस्टेल एयरका दुईवटा र श्री एयरको एउटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाईएको छ । हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि दुईवटा वायुसेवा कम्पनीका तीनवटा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

यी दुई कम्पनीले एउटा मात्रै हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याडमा जबरजस्ती दुईवटा हेलिकप्टर राखेको र एकसय मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडान गरेको प्राधिकरणले जनाएको छ ।