देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले वाग्मती पहिलो अधिवेशन : पाण्डेको उमेदवारी फिर्ता

देशान्तर

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशनमा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् । अब अध्यक्षका निम्ति चार प्रतिस्पर्धी छन् । निर्वाचनमार्फत नेतृत्व चयनको तयारी गरिएको छ ।

निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरिँदै छ ।