देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुने

देशान्तर

काठमाडौँ । ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुने छ ।

२६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।