देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुख बिच भेटवार्ता

देशान्तर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेट गरेका छन् । 

क्रेमलिनले यसको पुष्टि गरेको छ। हालै प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा डेढ दिनपछि दुबैबिच सहमति भएको थियो । त्यसपछि यी दुईबिचको यो पहिलो भेट हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमान्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयो ? त्यो भने खुल्न सकेको छैन । 

विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षा मन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्। त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयंसेवी लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन।

तर यो कदम वाग्नर समूहलाई नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको थियो। यस पछि प्रिगोजिनले एक विज्ञप्तिमा घोषणा गरे कि उनका लडाकुहरूले यो सम्झौता बहिष्कार गर्नेछन्।

वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफ्ना सेनाले रुसी विमानमा आक्रमण गरेको बताए । उनले दाबी गरे कि रुसी विमानले आफ्नो सेनालाई रोक्न रकेट र बमले मस्कोतर्फ बढिरहेको थियो। उनले रुसी विमान खसाल्नु परेकोमा दुःख व्यक्त गरे ।