देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलङ्काको आक्रामक बलिङ नेदरल्यान्ड्सको १०ओभरमै ५ बिकेट झर्यो

देशान्तर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटको उपाधिका लागि आज भैरहेको खेलमा श्रीलङ्काले नेदरल्यान्ड्स सामु २३४ रनको चुनौती प्रस्तुत गरेको छ ।
जिम्बावेको हरारेमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले २३३ रन जोडेको हो ।
अहिले जवाफी ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले श्रीलङ्काको आक्रामक बलिङको सामना गरिरहेको छ । यो खवर तयार पार्दासम्म नेदरल्यान्ड्सको १०ओभरमै ५ बिकेट झरी सकेको छ ।

१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।